रसियन हाउसमा पोखरेली नाटक ‘आतुरकाल’ (तस्वीरहरु)

 नेपाल र नेपाली समाज भित्र भिन्नभिन्न रितिरिवाज, धर्म, संस्कार, संस्कृति, चालचलन र आ-आफ्नै सभ्यताहरू छन्। एउटा मान्छे जन्मेपछि उसले मृत्युवरण गर्ने बेलासम्म अनेकन अप्ठ्यारा परिस्थितिहरूको सामना गर्नुपर्छ भन्ने कुरा नाटकमा देखाउन खोजिएको छ।

रसियन हाउसमा पोखरेली नाटक ‘आतुरकाल’ (तस्वीरहरु)

काठमाडौ। इन्द्रेणी थियटर पोखराको नाटक ‘आतुरकाल’  काठमाडौंको रसियन हाउसमा मञ्चन भएको छ।

रसियन हाउस र गण्डकी प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा यहि भाद्र २१ र २२ गते, साँझ ५ बजे नाटक मञ्चन भएको हो।  लेखक केदारनाथका पौडेलका अनुसार यो नाटक विशेषत: गण्डक क्षेत्रलाई केन्द्र बनाएर लेखिएको र एकालापमा कोरश प्रयोग गरिएको नाटक हो।

नेपाल र नेपाली समाज भित्र भिन्नभिन्न रितिरिवाज, धर्म, संस्कार, संस्कृति, चालचलन र आ-आफ्नै सभ्यताहरू छन्। एउटा मान्छे जन्मेपछि उसले मृत्युवरण गर्ने बेलासम्म अनेकन अप्ठ्यारा परिस्थितिहरूको सामना गर्नुपर्छ भन्ने कुरा नाटकमा देखाउन खोजिएको छ।

निर्देशक कपिल शर्माले निर्देशन गरेको नाटक ‘आतुरकाल’ मा लक्ष्मण डुम्रेको मुख्य भुमिका रहेको छ। गण्डक क्षेत्रलाई केन्द्र बनाएर लेखिएको नाटकमा डुम्रे सहित ६ जना कलाकारहरुको अभिनय रहेको छ।

यो नाटक यसअघि २०७९ फाल्गुन  ५ देखी ११ गते सम्म पोखरा स्थित गन्धर्व नाटकघरमा  मञ्चन गरेको थियो। तस्वीरहरु:-


Comment

One thought on “रसियन हाउसमा पोखरेली नाटक ‘आतुरकाल’ (तस्वीरहरु)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved