यादवमाथि आक्रमणको विरोधमा तरुण दल आन्दोलित, माग्यो गृहमन्त्रीको राजीनामा

नेपालभ्युज

यादवमाथि आक्रमणको विरोधमा तरुण दल आन्दोलित, माग्यो गृहमन्त्रीको राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक हमलाको विरोधमा नेपाल तरुण दलले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

बिहीबार सानेपास्थित पार्टी कार्यालयमा तरुण दलका केन्द्रीय सदस्यहरू भेला भएर आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

आन्दोलनका कार्यक्रमअनुसार तरुण दलले शुक्रबार दिउँसो रत्नपार्क शान्ति बाटिकामा विरोध सभा र र्‍याली गर्नेछ ।

सानेपामा भेला भएका तरुण दलका नेताहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा समेत मागेका छन् ।

कांग्रेस नेता यादवमाथि बुधबार भृकुटीमण्डपमा आक्रमण भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved