अभिनेत्री गौरी मल्लले ल्याइन् तीज गीत ‘धिन ताका नाका धिन’ (भिडियो)

नेपालभ्युज

अभिनेत्री गौरी मल्लले ल्याइन् तीज गीत ‘धिन ताका नाका धिन’ (भिडियो)

काठमाडौं। अभिनेत्री गौरी मल्लको तीज गीत ‘धिन ताका नाका धिन’ सार्वजनिक भएको छ। मंगलबार साँझ काठमाडौंमा एक कार्यक्रमबीच गीत सार्वजनिक भएको हो।

सार्वजनिक समारोहमा वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ, वरिष्ठ अभिनेत्रीद्वय वसुन्धरा भुसाल, मिथिला शर्मा लगायतका कलाकारहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठले मानिसहरू कुर्सीको लागि लड्ने गरेको र आफूले पाएको कुर्सी किन छोड्नु भनेर कुर्सीमा बसेको भन्दै राजनीतिक दल र नेताहरूप्रति व्यंग्य गरे।

उनले आफूले मिथिला शर्मा र गौरी मल्ललाई नाट्यश्वेरीका दुई छारीहरूको रूपमा लिएको बताए।

कार्यक्रममा बोल्दै वरिष्ठ अभिनेत्री वसुन्धरा भुसालले गौरी मल्ल बहुप्रतिभाशाली भएको बताइन्। वरिष्ठ अभिनेत्री मिथिला शर्माले भित्री मनमा अझै पुरानो याद आइरहने बताइन्।

अभिनेत्री मल्लकै स्वर शब्द र संगीतमा रहेको सो गीतमा मल्लसँगै अभिनेत्री मिथिला शर्मालगायत चर्चित कलाकार फिचर्ड छन्। गीतको म्युजिक भिडियो गौरी मल्ल च्यानलबाट सार्वजनिक गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved