विश्वकप क्रिकेटका लागि भारतीय टोली घोषणा, के एल राहुल फर्किए

नेपालभ्युज

विश्वकप क्रिकेटका लागि भारतीय टोली घोषणा, के एल राहुल फर्किए
तस्वीर स्रोतः बीसीसीआई/ फेसबुक

काठमाडौं। भारतीय क्रिकेट बोर्ड बीसीसीआईले आइसीसी एकदिवसीय विश्वकपमा सहभागी हुने टोली घोषणा गरेको छ।

भारतमा आयोजना हुने विश्वकपका लागि बीसीसीआईले टोली घोषणा गरेको हो । एकदिवसीय विश्वकप यही वर्षको अन्त्यमा हुँदैछ ।

स्वास्थ्यमा समस्या देखिएसँगै एसिया कपका सुरुवाती २ खेल गुमाएका केएल राहुल टोलीमा परेका छन् । राहुल श्रीलंका जाने तयारीमा छन्।

यस्तै, इशान किशन, सुर्यकुमार यादवले टोलीमा स्थान सुनिश्चित गरेका छन्। एसिया कपमा सहभागी मिड्ल अर्डर तिलक वर्मा र तीव्र गतिका बलर प्रसिद्ध कृष्णा भने टोलीमा पर्न असफल भएका छन्। रिजर्भड खेलाडी सन्जु सामसन पनि विश्वकप टोलीमा परेका छैनन्।

भारतीय टोली

कप्तान रोहित शर्मा, शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, इशान किशन, सुर्य कुमार यादव, हार्दिक पान्ड्या, रवीन्द्र जडेजा, केएल राहुल, कुलदिप यादव, अक्षर पटेल, शार्दुल ठाकुर, जसप्रित बुमराह, मोहम्मद सामी, मोहम्मद सिराज


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved