वीर अस्पतालको झ्यालबाट हाम फालेका पुरुषको मृत्यु

नेपालभ्युज

वीर अस्पतालको झ्यालबाट हाम फालेका पुरुषको मृत्यु
सांकेतिक तस्वीर।

काठमाडौं । वीर अस्पतालको झ्यालबाट हाम फालेका एक पुरुषको मृत्यु भएको छ ।

आइतबार बिहानपख अस्पतालको छैटौं तलाको झ्यालबाट हाम फालेका पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।

मृतकको परिचय खुलेको छैन । मृतक बिरामी भेट्न भन्दै अस्पताल छिरेका थिए । अन्दाजी ४० बर्षका ती पुरुषको कोही पनि बिरामी अस्पतालभित्र नभएको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved