के ‘रोस्टेड फूड’ स्वास्थ्यका लागि फाइदाजनक छ ?

नेपालभ्युज

के ‘रोस्टेड फूड’ स्वास्थ्यका लागि फाइदाजनक छ ?

एजेन्सी । धेरै नुन र मसला भएको खानाले उच्च रक्तचाप, मुटुको रोग, कब्जियत जस्ता समस्या हुन सक्छन् । यस्तोमा रोस्टेड फूड अर्थात सेकेर बनाइएको खाना राम्रो विकल्प हुन सक्छ ।

रोस्टेड फूड त्यो खाना हो, जसलाई बनाउनका लागि तेलको प्रयोग गरिँदैन । यसलाई सिधै आगोमा सेकेर पकाइन्छ । यस्तो गर्नाले भोजनमा पोषक तत्वको कमी हुँदैन र शरीरलाई फाइदा मिल्छ ।

रोस्टेड खानालाई सानो आगोमा सुस्त सुस्त पकाउँदा स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यसबाहेक रोस्टिंग गरेर पकाउँदा तेल एकदमै थोरै मात्रामा प्रयोग हुने भएकाले कोलेस्ट्रोलको खतरा पनि कम हुन्छ ।

यसरी पकाएर खाँदा एकातिर शरीरलाई फाइदा पुग्छ भने अर्कातिर यस माध्यमबाट पकाइएको भोजनको स्वाद र सुगन्ध पनि मिठो हुन्छ । यसबाहेक यो विधिबाट खाना पकाउँदा भोजनमा भएका पौष्टिक तत्व तथा मिनरल्सको मात्रा घटदैन ।

यदि तौल कम गर्न चाहनुभएको छ भने रोस्टेड फूडको सेवन गर्नुहोस । यस्तो खाना तेलको प्रयोग नगरीकनै पनि पाक्ने भएकाले धेरै क्यालोरी हुँदैन जसले गर्दा शरीर पनि स्वस्थ रहन्छ ।

प्रायः मानिस मासु, पनीर वा अन्य चिजलाई रोस्ट गर्नुअघि तेलैतेल तथा मसलामा डुबाउने गर्छन् । यदि तपाईं यसरी रोस्ट गरेर पकाउनुहुन्छ भने यो सिधै पकाएको भन्दा पनि अस्वस्थ बन्न सक्छ ।

त्यसैले सानो आगोमा तेल नराखी बराबर गरेर मात्र पकाउनु पर्दछ । यसरी मात्र पूर्ण रुपमा फाइदाजनक बनाउन सकिन्छ । डढेको खानु भने शरीरका लागि हानिकारक हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved