जवानको अग्रीम बुकिंग सुरु, पठानको रेकर्ड तोड्ला ?

नेपालभ्युज

जवानको अग्रीम बुकिंग सुरु, पठानको रेकर्ड तोड्ला ?

एजेन्सी । लामो समयको पर्खाईपछि बलिउडका किंग शाहरुख खानको फिल्म ‘जवान’ को अग्रीम बुकिंग भारतभर सुरु भइसकेको छ ।

बुकिंग सुरु भएसँगै फिल्मप्रति प्रसंशकको उत्साह देखिएको छ । यस फिल्मको बुकिंग एकदमै तीव्र गतिमा भइरहेको छ । फिल्मको अग्रीम बुकिंगका लागि खोलिएका सिट सबै भरिने निश्चित भएको छ ।

मुम्बई तथा दिल्लीमा यो फिल्मका एकदमै महंगा टिकट बिक्री भइरहेका छन् । जसको मूल्य २३ सय देखि २४ सय भारतीय रुपैयाँ सम्म छ । फिल्म ७ सेप्टेम्बरमा रिलीज हुँदैछ ।

अग्रीम बुकिंगसँगै बजारमा जवानले पठानको रेकर्डसम्म तोड्न सक्ने आकलन गरिएको छ । कतिपय विशेषज्ञले रिलीजकै दिन जवानले १०० करोड भन्दा माथिको कमाई गर्न सक्ने अनुमान गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved