के सलमान आफ्नो डेब्यू फिल्म नै फ्लप होस् भन्ने चाहन्थे ?

नेपालभ्युज

के सलमान आफ्नो डेब्यू फिल्म नै फ्लप होस् भन्ने चाहन्थे ?

एजेन्सी । बलिउड सुपरस्टार सलमान खान अहिले आफ्नो आउँदै गरेको फिल्म टाइगर ३ का लागि व्यस्त छन् । दर्शक उनको फिल्मको पर्खाईमा छन् ।

हामी सलमान खानसँग जोडिएको यस्तो कुरा भन्न गइरहेका छौं जसलाई सुनेर तपाईं पनि छक्क पर्नुहुनेछ ।

सलमानले सन् १९८८ मा आएको फिल्म ‘बीवी हो तो ऐसी’ बाट बलिउडमा कदम राखेका थिए । यो फिल्म ठिकै चलेको थियो । यसमा सहयोगी भूमिका भएकाले होला उनले आफ्नो पहिलो डेब्यू फिल्म ‘मैंने प्यार किया’ लाई मान्छन् । किनकी मैले प्यार किया फिल्ममा उनी मूख्य भूमिकामा देखिएका थिए ।

सलमान आफ्नो पहिलो फिल्म ‘बीवी हो तो ऐसी’ लाई बक्स अफिसमा फ्लप भएको हेर्न चाहन्थे । भारतीय मिडियामा प्रकाशित एक खबरअनुसार सलमान खान आफ्नो पहिलो फिल्म हिट नभए हुन्थ्यो भन्ने चाहन्थे ।

सलमान खानको भनाई थियो कि उनी यो फिल्ममा आफ्नो अभिनयबाट कत्ति पनि सन्तुष्ट थिएनन् त्यसैले पनि उनले यो फिल्म नचलिदिए हुन्थ्यो भन्ने सोंचेका थिए ।

तर त्यस्तो भएन जसरी यो फिल्म बक्सअफिसमा आयो सलमान खानलाई अन्य नयाँ फिल्म पनि अफर हुन थाले । जो सन् १९८९ मा मैने प्यार किया बक्स अफिसमा ब्लकबस्टर भएको थियो । यसरी नै उनले पछि धेरै हिट फिल्म दिन थाले ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved