एसिया कपमा नेपालले आज पाकिस्तानसँग खेल्दै, कमजोर नठानेको बाबर आजमको भनाई

नेपालले पहिलो पटक र त्यो माथि एकदिवसीय वरियतामा शीर्ष स्थानमा रहेको पाकिस्तानसँग उसकै भूमिमा खेल्न लागेको हो ।

नेपालभ्युज

एसिया कपमा नेपालले आज पाकिस्तानसँग खेल्दै, कमजोर नठानेको बाबर आजमको भनाई

काठमाडौं । नेपालले आज पहिलो पटक एसियाकप क्रिकेट खेल्दैछ ।

नेपालले पहिलो पटक र त्यो माथि एकदिवसीय वरियतामा शीर्ष स्थानमा रहेको पाकिस्तानसँग उसकै भूमिमा खेल्न लागेको हो ।

यो खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे मुल्तान अन्तर्राष्ट्रिय मैदानमा सुरु हुनेछ । ३० हजार दर्शक क्षमताको मैदानको  लागि सबै टिकट विक्रि भइसकेका छन् ।

प्रतियोगिताका लागि पाकिस्तान पुगेको नेपाली टोली कराँचीमा एक हप्ता प्रशिक्षण र एक अभ्यास खेल खेलेपछि मुल्तान पुगेको हो ।

पाकिस्तान आईसीसी एकदिवसीय वरीयतामा शीर्ष स्थानमा छ । नेपालले भदौ १८ मा भारतसँग श्रीलङ्कामा खेल्नेछ । भारत एकदिवसीय वरीयतामा तेस्रो स्थानमा छ । नेपाल भने वरीयतामा १५औँ स्थानमा छ । भोलिदेखि शुरु हुने एसिया कप यही ३१ गतेसम्म पाकिस्तान र श्रीलङ्कामा हुनेछ ।

भारत सुरक्षाको कारण देखाएर पाकिस्तान जान नमानेपछि पाकिस्तानमा ४ खेल र अरु खेल श्रीलङ्कामा हुनेछन् । समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् । समूह ‘बी’ मा बङ्लादेश, श्रीलङ्का र अफगानिस्तान छन् । पाकिस्तानसँगको खेलपछि नेपाली टोली श्रीलङ्का जानेछ ।

यसैबीच   पाकिस्तानी क्रिकेट टिमका कप्तान बाबर आजमले एसिया कपमा नेपालसँग खेल्नका लागि आतुर रहेको बताएका छन् ।

पत्रकार सम्मेलनमा पाकिस्तानी कप्तान आजमले नेपालसँग खेल्न आतुर रहेको बताएका हुन् ।  उनले नेपाललाई कमजोर नठानेको पनि बताएका छन् ।

‘हामी नेपालसँगको भोलिको खेलमा केन्द्रित छौँ । नेपालसँग राम्रा खेलाडीहरू छन्, त्यसैले हामी उनीहरूलाई हल्का रूपमा लिइरहेका छैनौँ र हामी उत्कृष्ट क्रिकेट खेल्ने प्रयास गर्नेछौँ’, बाबरले भने ।

उनले थपेका छन्, ‘हामी थप आत्मविश्वासका साथ यो प्रतियोगिता खेल्छौँ । यस टोलीले पछिल्ला केही वर्षहरूमा धेरै मेहनत र प्रयास गरेको छ र हामीले शीर्ष स्थान हासिल गर्नु यसको प्रमाण हो ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved