आरती र गृह मन्त्रालयबीच दुई बुँदे सहमति, असारदेखिको अनसन तोडियो

नेपालभ्युज

आरती र गृह मन्त्रालयबीच दुई बुँदे सहमति, असारदेखिको अनसन तोडियो

काठमाडौं । वैवाहिक बलात्कार र बलात्कार मुद्दामा जिउज्यानको सुरक्षाको माग गर्दै  अनसनरत बाँकेकी आरती रावल (गिरी) र गृह मन्त्रालयबीच दुई बुँदे सहमति भएको छ  ।

मंगलबार मन्त्रालय र  गिरीबीच सहमति  भएपछि  असार १० गतेदेखि अनसनमा बसेकी गिरीले अनसन तोडेकी छन् ।

सहमतिअनुसार अब शान्ति सुरक्षाका लागि  गृह मन्त्रालयले मातहत निकायलाई आवश्यक निर्देशन  दिने भनिएको छ ।

यस्तै सहमतिको दोस्रो बुँदामा रावलले १० असार २०८० देखि गरेको अनशन अन्त्य गर्ने भनिएको छ ।

सहमति पत्रमा आरती र गृह मन्त्रालयको तर्फबाट उपसचिव कुल बहादुर जिसीले हस्ताक्षर गरेका छन्।

श्रीमान्‌विरुद्ध वैवाहिक बलात्कार मुद्दा दायर गरेकी गिरीको मुद्दा अदालतमा विचाराधिन छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved