कोशीमा मुख्यमन्त्रीको अफर त्यागेका हौं, संसदीय समितिमा लेनदेन गर्नु छैन- लिङ्देन

नेपालभ्युज

कोशीमा मुख्यमन्त्रीको अफर त्यागेका हौं, संसदीय समितिमा लेनदेन गर्नु छैन- लिङ्देन
फाइल तस्वीर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले संसदीय समितिको नेतृत्वका पार्टीले कसैसँग केही लेनदेन नगरेको प्रष्टीकरण दिएका छन् ।

साउदी अरब भ्रमणबाट स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले संसदीय समितिमा राप्रपाले विकास तथा प्रविधि समितिको नेतृत्व गर्न पाएको विषयलाई लेनदेनसँग गाँसिएर प्रचार गरिएकोप्रति पार्टीको ध्यानाकर्षण भएको पनि बताए ।

कोशी प्रदेशमा राप्रपाले मुख्यमन्त्री अफरसमेत स्वीकार गरेको भन्दै संसदीय समितिमा कुनै लेनदेन नभएको बताएका हुन् ।

दीय समितिमा राप्रपाले विकास तथा प्रविधि समितिको नेतृत्व गर्न पाएको विषयलाई लेनदेनसँग गाँसिएर प्रचार गरेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, उनले भने, ‘राप्रपाले अहिलेको गठबन्धनलाई कोशी प्रदेशमा सघाउने टुंगो लाग्यो भन्ने जस्ता प्रचार भए । तर प्रक्रियाको हिसाबले नै अब राप्रपाले चाहेर पनि सहयोग गर्ने चरण नै समाप्त भइसकेको छ । त्यो झुट हो ।’

अध्यक्ष लिङदेनले देशको समसामयिक राजनीतिक परिस्थितिमा बहुसंख्यक जनताको आस्थामा चोट पुग्ने काम भइरहेको पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved