शल्यक्रिया गर्ने क्रममा बिरामीको मृत्युपछि अस्पतालमा प्रदर्शन

चौधरीलाई तीन दिनअघि उक्त अस्पतालमा भर्ना गरिएको थियो ।

नेपालभ्युज

शल्यक्रिया गर्ने क्रममा बिरामीको मृत्युपछि अस्पतालमा प्रदर्शन

सुदूरपश्चिम । किड्नीमा रहेको पत्थरीको शल्यक्रिया गर्ने क्रममा बिरामीको मृत्यु भएको घटनालाई लिएर धनगढीको स्वस्तिक अस्पतालमा मृतकका आफन्तले प्रदर्शन गरेका छन् ।

चिकित्सकको लापर्वाहीले बिरामीको मृत्यु भएको भन्दै दोषी माथि कारबाहीको मागसहित मृतकका आफन्तले प्रदर्शन गरेका हुन् । किड्नीमा पत्थरीको समस्या भएका कञ्चनपुरको बेलौरी नगरपालिका–१० का ५५ वर्षीय ओजनलाल चौधरीको शल्यक्रिया गर्ने क्रममा सोमबार मृत्यु भएको थियो ।

चौधरीलाई तीन दिनअघि उक्त अस्पतालमा भर्ना गरिएको थियो । शल्यक्रिया गर्ने क्रममा अत्यधिक रक्तश्राव भई चौधरीको मृत्यु भएको भन्ने जानकारी आएको जिल्ला प्रशासन कार्यालयका प्रवक्ता शिवराज जोशीले बताए । प्रदर्शनपछि अस्पताल परिसरमा प्रहरी परिचालन गरिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved