साउदी फुटबलमा अर्को ‘सरप्राइज’, रोबर्टो मानचिनी बने मूख्य प्रशिक्षक

नेपालभ्युज

साउदी फुटबलमा अर्को ‘सरप्राइज’, रोबर्टो मानचिनी बने मूख्य प्रशिक्षक

एजेन्सी । साउदी अरेबियाले फुटबल समर्थक र फुटबलमा रुची राख्नेलाई फेरि अर्को सरप्राइज दिएको छ ।

साउदी अरेबियाले राष्ट्रिय फुटबल टिमको प्रशिक्षकमा सोमबार इटालीका रोबर्टो मानचिनीलाई नियुक्त गरेर धेरैलाई आश्चर्यचकित बनाएको हो ।

यसअघि साउदी क्लबहरुले क्रिष्टियानो रोनाल्डो, नेयमार, साडियो माने, करिम बेन्जेमा जस्ता विश्व चर्चित खेलाडी भित्राएर धेरैलाई आश्चर्यचकित बनाइसकेका छन् । यसै शिलशिलामा साउदीको राष्ट्रिय फुटबलको मूख्य जिम्मेवारी सम्हालन इटालीका पूर्व मूख्य प्रशिक्षक मानचिनी साउदी आएका हुन् ।

इटालीको प्रशिक्षकबाट राजीनामा दिएको दुई सातापछि उनले नयाँ जिम्मेवारी सम्हाल्न लागेका हुन् ।

मानचिनीले साउदी फुटबल संघसँग सन् २०२७ सम्मका लागि अनुबन्ध गरेका छन् र उनको प्रत्येक वर्षको पारिश्रमिक दुई करोड ७० लाख डलर रहनेछ । मानचिनीकै नेतृत्वमा इटालीले युरो २०२० को उपाधि जितेको थियो, तर त्यसयता इटाली विश्वकपमा भने छनोट हुन सकेन ।

सन् २०१२ मा म्यानचेस्टर सिटीले मानचिनीकै नेतृत्वमा पहिलो पल्ट इंग्लिस प्रिमियर लिग जितेको थियो । उनले फियोरेन्टिना, लाजियो, इन्टर मिलान, गालाटासारे र जेनिथ सेन्ट पिटर्सबर्ग पनि सम्हालेका छन् ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved