ओभरडोज औषधि सेवनपछि ‘गौशाला-२६’ अस्पताल भर्ना

नेपालभ्युज

ओभरडोज औषधि सेवनपछि ‘गौशाला-२६’ अस्पताल भर्ना

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दाका पीडित उपचारका लागि अस्पताल भर्ना भएकी छन् ।

माइतीनेपालको संरक्षणमा रहेकी उनले सेवन गरिरहेको औषधि ओभरडोज सेवन गरेपछि अस्पताल भर्ना गरिएकी हुन् । अस्पतालमा उपचाररत उनले ‘बाँच्नभन्दा मर्न गाह्रो’ भन्दै सामाजिक सञ्जालमा स्टाटस पोस्ट गरेकी छन् ।

डिप्रेसन र एन्जाइटीबाट पीडित रहेको र एक वर्षदेखि औषधि सेवन गरिररहेको सामाजिक सञ्जालमा उल्लेख गरेकी उनले अब थप पीडा थप्न सक्ने अवस्थामा नरहेको पनि उल्लेख गरेकी थिइन् ।

अस्पताल स्रोतका अनुसार उनी खतरामुक्त रहेकी छन् । आइतबार जिल्ला अदालतमा उनले पेश गरेको मुद्दाको फैसला हुने पेशी तोकिएको छ । हालसालै राम्रो जीपीएसहित उनले कक्षा १२ उत्तीर्ण गरेकी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved