कमल थापा फर्किए राजतन्त्रकै लाइनमा, गणतन्त्रको अन्त्य गरेरै छाड्ने प्रतिबद्धता

नेपालभ्युज

कमल थापा फर्किए राजतन्त्रकै लाइनमा, गणतन्त्रको अन्त्य गरेरै छाड्ने प्रतिबद्धता
फाइल तस्वीर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा राजतन्त्रकै लाइनमा फर्किएका छन् । उनले भनेका छन्, ‘मुलुकलाई संकटबाट जोगाउन संघीय गणतान्त्रिक शासन व्यवस्थाको अन्त्य हुनुपर्छ, राजतन्त्र फर्काउनुपर्छ ।’

देशमा गणतन्त्र आएपछि अव्यवस्था र भ्रष्टाचार मौलाएको भन्दै अध्यक्ष थापाले मुलुकको उन्नतिका लाथि राजतन्त्र अपरिहार्य भएको तर्क गरेका हुन् ।

शुक्रबार काठमाडौंमा आयोजित पार्टीको एक कार्यक्रममा अध्यक्ष थापाले आफ्नो पार्टीले संघीय गणतन्त्रको अन्त्य र राजसंस्थासहितको प्रजातन्त्र पुनस्र्थापनाको कार्यनीति लिएको घोषणा पनि गरे ।

पार्टीको हालै सम्पन्न केन्द्रीय कार्य समिति बैठकले मुलुकलाई संकटबाट जोगाउन राजासहितको प्रजातन्त्र, सनातन हिन्दू राष्ट्र, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, समानुपातिक एवम् समावेशी व्यवस्था र सुशासनसहितको नेपाली संस्करणको मौलिक प्रजातन्त्र विकल्पको रुपमा प्रस्तुत गरेको पनि जानकारी दिए ।

अध्यक्ष थापाले विगतमा निर्मल निवासले हस्तक्षेप गरेकाले मात्रै आफूहरुले राजसंस्थासहितको प्रजातन्त्रको कार्यनीतिलाई छोडनु परेको समेत बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved