जापान सरकारले फोहोर पानी समुद्रमा फालेसंगै चर्कियो आन्दोलन

नेपालभ्युज

जापान सरकारले फोहोर पानी समुद्रमा फालेसंगै चर्कियो आन्दोलन

जापान । जापान सरकारले फुकुसिमा दाइची परमाणु उर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दुषित जल समुद्रमा फाल्न शुरु गरेसँगै स्थानीयले आन्दोलन थालेका छन् ।

जापानको सो निर्णय गरेसँगै प्रशान्त महासागर आसपासका क्षेत्र र देशहरुले बिरोध जनाएका हुन् । साथै सरकारको सो निर्णयको स्थानीय र मत्स्य व्यवसायीहरुले समेत बिरोध गर्दै प्रदर्शन गरिरहेका छन् ।

जापानले बिहीवार दिउँसो १ बजेबाट दुषित पानी प्रशान्त महासागरमा फाल्न शुरु गरेको थियो । टेप्कोका अनुसार पहिलो चरणमा १७ दिन भित्रमा ७ हजार ८ सय टन दाइची परमाणु उर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दुषित पानी फाल्ने बताएको छ ।

दुषित पानीमा ६० भन्दा बढी रेडियोन्युक्लाइडहरु छन्, जसले समुद्री वातावरण र मानव स्वास्थ्यको लागि असर गर्छ । जापानको यो कदमसँगै छिमेकी देशहरु र प्रशान्त टापुका देशहरु समेत आक्रोशित बनेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved