‘ग्लोबल साउथ’ कूटनीतिक शब्द मात्र होइन : मोदी

नेपालभ्युज

‘ग्लोबल साउथ’ कूटनीतिक शब्द मात्र होइन  : मोदी

जोहानेसबर्ग । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘ग्लोबल साउथ’ एक कूटनीतिक शब्द मात्र नभएर उपनिवेशवाद र रङ्गभेदविरुद्ध यी देशहरूको साझा इतिहासको प्रतिनिधित्व गर्ने आन्दोलन भएको बताएका छन् ।

दक्षिण अफ्रिकी राजधानीमा आयोजित ‘ब्रिक्स–अफ्रिका आउटरिच एण्ड ब्रिक्स प्लस डायलग’लाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले ब्रिक्स राष्ट्र र शिखर सम्मेलनमा उपस्थित सबै मित्र राष्ट्रले बहुध्रुवीय विश्वको सुदृढीकरणमा योगदान गर्न सक्ने बताए ।

“अफ्रिका, एसिया र ल्याटिन अमेरिकाका नेताहरूसँग विचार आदानप्रदान गर्ने अवसर दिनुभएकोमा म दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाप्रति आभारी छु । पछिल्लो दुई दिनमा हामीले ग्लोबल साउथका देशहरूको प्राथमिकता र चासोमा ध्यान केन्द्रित गरेका छौं ।

उनले भने, “उहाँहरूलाई महत्व दिनु अहिलेको पुस्ताको आवश्यकता हो भन्ने हाम्रो मान्यता हो ।” उनले थपे, “हामीले ब्रिक्सको विस्तारमा पनि निर्णय गरेका छौं । हामी सबै नयाँ साझेदार देशहरूलाई स्वागत गर्दछौं । यो विश्वव्यापी संस्था र मञ्चलाई प्रतिस्पर्धी बनाउने दिशामा अर्को कदम हो ।”

प्रधानमन्त्री मोदीले दक्षिण अफ्रिकी भूमिमा महात्मा गान्धीले भारतको स्वतन्त्रता सङ्ग्राममा प्रयोग गरिएको अहिंसा र शान्तिपूर्ण प्रतिरोधको अवधारणाको विकास, परीक्षण गरेको स्मरण गरे ।

ब्रिक्स र आज उपस्थित सबै मित्र राष्ट्रहरूले बहुध्रुवीय विश्वलाई बलियो बनाउन योगदान दिन सक्ने उनले बताए ।

प्रधानमन्त्री मोदीले अर्जेन्टिना, इजिप्ट, इथियोपिया, इरान, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (युएई) का नेता तथा जनतालाई ब्रिक्सको पूर्ण सदस्यताका लागि बधाई दिँदै सङ्गठन विस्तारमा भारतले सदैव समर्थन गरेको बताए । एएनआई


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved