जेबी टुहुरेलाई मरणोपरान्त जनगायकको उपाधि

नेपालभ्युज

जेबी टुहुरेलाई मरणोपरान्त जनगायकको उपाधि

काठमाडौं । सरकारले गायक स्व.जेबी टुहुरे (जुठबहादुर खड्गी)लाई जनगायकको उपाधि प्रदान गरेको छ ।

बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले गायक स्व. टुहुरेलाई जनगायकको उपाधि प्रदान गर्ने निर्णय गरेको हो ।

पर्यटन मन्त्रालयको प्रस्तावमा सरकारले टुहरेलाई जनगायकको उपाधि दिएको हो ।

निधनको दुई वर्षपछि सरकारले उपाधि दिएको हो । गायक टुहुरेको ७८ वर्षको उमेरमा निधन भएको हो ।

उनको ‘आमा दिदी बहिनी हो कति बस्छौ दासी भइ’ बोलको गीत लोकप्रिय छ ।

टुहुरेले १ सय ५० भन्दा बढी जनवादी गीत रेकर्ड गराएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved