दाम्लो चुँडाएर भागेको भैँसीले बुद्धनगरमा आतंक मच्चायो

नेपालभ्युज

दाम्लो चुँडाएर भागेको भैँसीले बुद्धनगरमा आतंक मच्चायो

काठमाडौं । दाम्लो चुँडाएर भागेको एक भैँसीले काठमाडौंको बुद्धनगरमा आतंक मच्याएको छ ।

भैँसीले पर्खाल हान्दै र अनियन्त्रित बन्दै भागेपछि समात्न प्रहरी खटिएका छन् ।

पालिएको ठाउँबाट दाम्लोसहित भागेको एउटा भैँसी बिहानैदेखि बुद्धनगरमा दौडिइरहेको प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ ।

भैँसी कहाँबाट आयो र कसले पालेको हो भन्ने खुलिसकेको छैन । भैँसी भागेर बुद्धनगरको ज्ञान निकेतन स्कुलको हाताभित्र छिरेको छ ।

यसअघि २०७५ साल फागुनमा काठमाण्डौको चन्द्रागिरि मच्छेगाउँमा राँगोको आक्रमणबाट एक जनाको ज्यानै गएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved