एसियाकप खेल्न नेपाली टोली पाकिस्तान गयो, सन्दीप लामिछाने भने नेपालमै

नेपालभ्युज

एसियाकप खेल्न नेपाली टोली पाकिस्तान गयो, सन्दीप लामिछाने भने नेपालमै

काठमाडौं। भदौ १३ गतेदेखि पाकिस्तान र श्रीलङ्कामा हुने एसिया कप क्रिकेट खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली पाकिस्तान प्रस्थान गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टोलीलाई सफलताको शुभकामनासहित बिदाइ गरेको छ । तर सन्दीप लामिछाने भने गएराति पाकिस्तान गएका छैनन् । उनी बिरामी भएको भनिएको छ ।

नेपाली टोली गएराति त्यसतर्फ प्रस्थान गरेको हो । पहिलोपटक एसिया कप खेल्न लागेको नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा भारत र पाकिस्तान छन् ।

त्यस्तै समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान रहेका छन् । नेपालले भदौ १३ गते पाकिस्तानसँग खेल्नेछ । दोस्रो खेल १८ गते भारतसँग श्रीलंकामा खेल्नेछ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले दुई अनुभवी राष्ट्रविरुद्ध राम्रो क्रिकेट खेल्ने विश्वास व्यक्त गरेका छन् ।

एशिया कपको यात्रा सुरु हुनु अगाडि मंगलबार काठमाडौंमा भएको पत्रकार सम्मेलनको अवसरमा नेपाली क्रिकेट टोलीका कप्तान रोहितले दुई अनुभवी राष्ट्र भारत र पाकिस्तानविरुद्ध राम्रो क्रिकेट खेल्ने विश्वास व्यक्त गरेका हुन् ।

कप्तान रोहितले क्रिकेटमा नतिजा यसै हुन्छ भन्न नसकिने उल्लेख गर्दै तयारीअनुरूपको प्रदर्शन गर्ने बताए । भारत र पाकिस्तानविरुद्ध खेल्दा विश्वकै नजर हुने भएकाले उनीहरूविरुद्ध आफ्नो उत्कृष्ट दिने कप्तान रोहितको भनाइ छ । साथै सबै खेलाडी क्रिकेटको बलिया राष्ट्रसँग खेल्न उत्साहित रहेको उनले बताए ।

पछिल्ला समय नेपाली क्रिकेट टोलीका भरपर्दा बलर सन्दीप लामिछानेले एशिया कप नखेल्ने समाचार बाहिरिएका छन् । उनले नखेल्ने भएपछि उनका समर्थकहरू पनि सन्दीपको सहभागिता नहुने विषयलाई लिएर चासो व्यक्त गरिरहेका छन् । नेपालका कप्तान रोहितले भने सन्दीप खेल्ने वा नखेल्ने विषयमा आफूलाई कुनै जानकारी नभएको तर सन्दीपको महत्व सबै माझ स्पष्ट रहेको धारणा राखे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved