पाकिस्तानमा केबलकारमा फसेका शिक्षक र विद्यार्थीहरुको उद्धार, देशभर खुसियाली

खैबर पख्तुनख्वा प्रान्तको बट्टाग्राम सहर नजिकैको गाउँमा केबलकारमा अड्किएका सबैको उद्धार गर्न सेनालाई १४ घण्टा लागेको थियो ।  सेनाले यसलाइ एकदमै कठिन  तर सफल उद्धार भनेको छ ।

नेपालभ्युज

पाकिस्तानमा केबलकारमा फसेका शिक्षक र विद्यार्थीहरुको उद्धार, देशभर खुसियाली

एजेन्सी । पाकिस्तानमा एउटा नदीमाथि आकाशमा झुन्डिरहेको केबलकारबाट आठै जनाको उद्धार भएको छ ।

खैबर पख्तुनख्वा प्रान्तको बट्टाग्राम सहर नजिकैको गाउँमा केबलकारमा अड्किएका सबैको उद्धार गर्न सेनालाई १४ घण्टा लागेको थियो ।  सेनाले यसलाइ एकदमै कठिन  तर सफल उद्धार भनेको छ ।

पाकिस्तानका कार्यवाहक प्रधानमन्त्री अनवर उल हक कक्कडले उद्धारको समाचारले आफू र सिँगै देशलाई राहत मिलेको बताएका छन् र उद्धारमा संलग्न सबैलाई धन्यवाद दिएका छन्।

भिरालो तथा अफ्ठेरो ठाउँमा रातको समयमा उद्धार गर्न निकै सकस भएको थियो । सेनाले हेलिकप्टरबाट उद्धार गर्ने योजना बनाएको थियो तर हेलिकप्टर केबलकारको नजिकै जाँदा केबलकार हल्लिएर खस्ने डर थियो ।

उनीहरूलाई जिप लाइनको साथ उद्धार गरिएको थियो । उद्धारको पर्खाईमा पहाडको टुप्पोमा बसेको ठूलो भीडले उत्सव मनाइरहेको थियो।

मंगलबार बिहान विद्यालय जाँदै गर्दा केबलकारको एउटा तार चुँडिएपछि जमिनबाट ९ सय फिटको उचाईमा ८ जना फसेका थिए । २ जनाको छिटो नै उद्धार भएपनि ६ जनाको उद्धारमा निकै समय लागेको थियो ।

केबलकारमा फसेका बच्चाहरु मध्ये एकजना बालकको मुटुको समस्या थियो र उनि धेरैबेरसम्म बेहोस भएका थिए ।  उत्तरी पाकिस्तानका दुर्गम पहाडी गाउँहरूमा केबलकार नियमित यात्रा गर्ने साधन बनेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved