घनश्याम भुसालले भने- प्रदीप गिरी मार्क्सवादी हुनुहुन्थ्यो

नेपालभ्युज

घनश्याम भुसालले भने- प्रदीप गिरी मार्क्सवादी हुनुहुन्थ्यो

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद स्वर्गीय प्रदीप गिरी मार्क्सवादी भएको बताएका छन् ।

सोमबार स्वर्गीय गिरीको प्रथम स्मृतिमा स्कुल अफ डेमोक्रेसीले काठमाडौंमा आयोजना गरेको ‘प्रजातान्त्रिक समाजवादका आयामहरू’ विषयक संवाद कार्यक्रममा भुसालले गिरीलाई मार्क्सवादी नेताका रूपमा सम्झिएका हुन् ।

माक्र्सवादको विषयमा जान्ने केही मान्छेभित्रमा प्रदीप गिरी पनि पर्ने उनको भनाइ थियो ।

गिरीको प्रजातान्त्रिक समाजवाद, मार्क्सवाद र स्वतन्त्रताको व्याख्यामा श्रमजिवीकाप्रति निःशर्त प्रतिबद्धताबाहेक केही नभएको उनले बताए ।

‘उहाँ मार्क्सवाद बुझ्ने एसियाका थोरै नेतामध्ये एक हुनुहुन्थ्यो’, भुसालले भने, ‘उहाँको प्रजातान्त्रिक समाजवाद, मार्क्सवाद, स्वतन्त्रतालगायत सारा कुराको व्याख्या श्रमजीविकाप्रति निःशर्त प्रतिबद्धताबाहेक केही पनि थिएन भन्नेमा म असाध्यै प्रष्ट छु ।’

उनले प्रदीप गिरी जीवित रहँदा आफूलाई बौद्धिक रूपमा सुरक्षित छु जस्तो लाग्ने गरेको पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved