जितेन्द्रले पनि पूजालाई पर्खिरहेका छन् , ड्रिम गर्ल २ को बुकिंग सुरु

नेपालभ्युज

जितेन्द्रले पनि पूजालाई पर्खिरहेका छन् , ड्रिम गर्ल २ को बुकिंग सुरु

एजेन्सी । अभिनेता आयुष्मान खुराना एकपटक फेरि पर्दामा पूजा बनेर आउँदैछन् । उनी फिल्म ‘ड्रीम गर्ल २’ मा पूजा बनेर आउँदैछन् । आयुष्मानका प्रसंशकले यो फिल्मलाई आतुरतासँग पर्खिरहेका छन् ।

अहिले फिल्मको टिकट बुकिंग पनि खुलिसकेको छ । ड्रीम गर्ल २ मा आयुष्मान खुराना करीब चार वर्षपछि फेरि पूजा बनेर आउँदैछन् । यसबीच अहिले सामाजिक सञ्जालमा एउटा भिडियो एकदमै भाइरल भइरहेको छ । जसमा आयुष्मान खुराना उर्फ पूजा अभिनेता जितेन्द्रसँग जिस्किएको देखिन्छ ।

यो भिडियो अनन्या पान्डेले इन्स्टाग्राममा शेयर गरेकी छन् । जसमा पूजा र जितेन्द्र एकअर्कालाई जिस्काईरहेका देखिन्छन् । रमाइलो कुराकानीमा जितेन्द्रले पूजा तिमी कहिले आउँदै छौं भनेर पनि सोध्छन् ।

यही भिडियो मार्फत फिल्मको अग्रीम बुकिंगको पनि घोषणा गरिएको छ । फिल्ममा आयुष्मान खुराना, अनन्या पान्डे, परेश रावल, राजपाल यादव, अन्नु कपूर, विजय राज, अभिषेक बनर्जी जस्ता कलाकार प्रमुख भूमिकामा छन् । यो फिल्म २५ अगस्तमा रिलीज हुँदैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved