चेस्टगार्डमा लुकाएको दुई किलो सुनसहित दुईजना पक्राउ

नेपालभ्युज

चेस्टगार्डमा लुकाएको दुई किलो सुनसहित दुईजना पक्राउ

काठमाडौं । प्रहरीले दुई किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ । रसुवा प्रहरीले नियमित चेकजाँचका क्रममा चेस्ट गार्डभित्र लुकाएर ल्याएको दुई किलो सुनसहित दुई जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार शनिबार साँझ चेकिङका क्रममा टिमुरेबाट स्याफ्रुवेशी गइरहेका २४ वर्षीया सुदीप शेर्पाको साथबाट सुन बरामद भएको थियो । उनले उक्त सुन टिमुरीका फुर्साङ्बु शेर्पाले दिएको बताएपछि दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बरामद सुन काठमाडौं लैजान लगिएको पक्राउ परेकाहरुले बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved