संसद् खोल्न प्रधानमन्त्रीको थप पहल, राष्ट्रिय दलका शीर्ष नेतासँग छलफल गर्दै

नेपालभ्युज

संसद् खोल्न प्रधानमन्त्रीको थप पहल, राष्ट्रिय दलका शीर्ष नेतासँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्को अवरोध खुलाउन थप पहल गर्ने भएका छन् । यसका लागि प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय मान्यताप्राप्त दलसँग छलफल गर्न लागेका हुन् ।

उनले अहिले १२ बजे राष्ट्रिय मान्यता प्राप्त दलका नेताहरुलाई छलफलका लागि सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बोलाएका छन् ।

संसद्को अवरोध हटाउने प्रयासस्वरुप सभामुख देवराज घिमिरेले पनि ठूला दलका प्रमुख सचेतकसँग छलफल गरेका छन् ।

संसद् बैठक १ बजेका लागि बोलाइएको छ ।

सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने माग राख्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले साउन १० गतेदेखि निरन्तर संदन अवरोध गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved