फेसबुकमा ‘अलबिदा’ लेखेर वडाध्यक्षले आत्महत्या गरे

नेपालभ्युज

फेसबुकमा ‘अलबिदा’ लेखेर वडाध्यक्षले आत्महत्या गरे

तम्घास । गुल्मीको मुसिकोट नगरपालिका वडा नं. १ का वडाध्यक्ष मृत भेटिएका छन् । वडाध्यक्ष मोहन घिमिरे रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।

उनले शनिवार बिहान फेसबुक स्टाटसमा आत्महत्या गर्न लागेको संकेत गरेका थिए । “परिस्थितिको चपेटामा परेपछि बाँच्नुको अर्थ हुँदो रहेनछ। प्रिय अनिताः साथ निभाउन सकिनँ । मलाई माफ गरे। घर परिवार, साथीभाइ सुभ चिन्तक सबैसँग माफी चाहन्छु । अलबिदा,” घिमिरेले लेखेका छन् ।

उनी शुक्रबार दिउँसो घरबाट निस्केका थिए । घर नफर्किएपछि खोजी गर्दा आज बिहान उनी झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

घिमिरे नेपाली कांग्रेस मुसिकोट नगर कमिटीका अध्यक्षसमेत हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved