चर्चित भारतीय गायिका शिल्पा रावको काठमाडौंमा कन्सर्ट हुने

सुभान्लाहा, इश्कु शभा, सन् २०२३ को चर्चित फिल्म पठानको गीत ‘बेसरम’,  बच्ना ए हसिनो फिल्मको ‘खुदा जाने’लगायत दर्जनौँ सुपरहिट गीत गाएकी भारतीय गायिका शिल्पा राव नेपाल आउने भएकी छन्।

नेपालभ्युज

चर्चित भारतीय गायिका शिल्पा रावको काठमाडौंमा कन्सर्ट हुने

काठमाडौं। सुभान्लाहा, इश्कु शभा, सन् २०२३ को चर्चित फिल्म पठानको गीत ‘बेसरम’,  बच्ना ए हसिनो फिल्मको ‘खुदा जाने’लगायत दर्जनौँ सुपरहिट गीत गाएकी भारतीय गायिका शिल्पा राव नेपाल आउने भएकी छन्।

उनले भदौ ८ गते सोल्टी होटलको ‘प्राइभ नेपाल क्लब’मा हुने सांस्कृतिक कार्यक्रममा प्रस्तुति दिनेछिन्।

रोअर इन्टरटेनमेन्ट र एरिना इन्टरटेनमेन्टले संयुक्त रुपमा आयोजना गर्न लागेको उक्त कार्यक्रममा सहभागी हुने शिल्पा पहिलोपटक नेपाल आउन लागेकी हुन्।

उक्त कार्यक्रममा सहभागी हुन चाहनेले माई पे डिजिटल वालेटमार्फत टिकट काट्न सक्ने व्यवस्था गरिएको कार्यक्रमका संयोजक मोहित बस्नेतले जानकारी दिए।

‘माई पे’ कार्यक्रमको टिकेटिङ पार्टनर समेत रहेको छ। कार्यक्रमको होस्ट  पूर्वमिस नेपाल नम्रता श्रेष्ठ रहनेछिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved