युरोपबाट फर्कदैँ माधव नेपालले भने- राजाले गिरफ्तार गर्न खोज्दा त भागिनँ, अहिले किन भाग्नु ?

‘मलाई भागेको भनियो, तर म भाग्ने खालको मान्छे होइन’, उनले भने, ‘राजाले गिरफ्तार गर्न खोज्दा त भाग्ने मान्छे हैन । कुनै गल्ती अपराध बदामासी नगरेको, भ्रष्टाचार नगरेको सन्दर्भमा पूर्वनिर्धारित कार्यक्रममा जाने अवस्था बन्यो म गएँ ।’

नेपालभ्युज

युरोपबाट फर्कदैँ माधव नेपालले भने- राजाले गिरफ्तार गर्न खोज्दा त भागिनँ, अहिले किन भाग्नु ?

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो भ्रमणबारे अनेक टिप्पणी भएपछि कार्यक्रम नै छोट्याएर स्वदेश फर्केको बताएका छन् ।

युरोपबाट फर्केपछि सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले ललितानिवास प्रकरणसँग जोडेर आफ्नोबारे नराम्रा समाचार आउन थालेपछि भ्रमणका कार्यक्रम नै छोट्याउन परेको बताएका हुन् ।

उनले आफू समस्यासँग भाग्ने खालको मान्छे नभएको भन्दै जस्तोसुकै चुनौतीको सामना गर्न तयार रहेको प्रतिक्रिया दिए ।

‘मलाई भागेको भनियो, तर म भाग्ने खालको मान्छे होइन’, उनले भने, ‘राजाले गिरफ्तार गर्न खोज्दा त भाग्ने मान्छे हैन । कुनै गल्ती अपराध बदामासी नगरेको, भ्रष्टाचार नगरेको सन्दर्भमा पूर्वनिर्धारित कार्यक्रममा जाने अवस्था बन्यो म गएँ ।’

उनले ललितानिवास प्रकरणबारे छानबिन गर्न आफूले सहयोग गर्ने पनि बताए । यस प्रकरणमा आफूले कुनै गल्ती नगरेकाले कुनै डर पनि नभएको उनको भनाइ थियो । उनले भने, ‘मैले बिराएको छैन । कुनै बदमासी अपराध गरेको छैन । भ्रष्टाचार लेनदेन गरेको छैन । यो सबै स्थितिको कारणले म आत्तिएको छैन ।’

सर्वोच्च अदालतले ललितानिवास प्रकरणबारे अनुसन्धान गर्न आदेश दिएको भोलिपल्टै उनी युरोप उडेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved