निर्माण व्यवसायी निरन्तर आन्दोलनमा, सडक विभागमा ताला लगाउने प्रयास (तस्वीरहरू)

निर्माण व्यवसायी निरन्तर आन्दोलनमा, सडक विभागमा ताला लगाउने प्रयास (तस्वीरहरू)

ललितपुर। आन्दोलनरत निर्माण व्यावसायीहरूले आज आफ्नो आन्दोलनको तेस्रो चरणअन्तर्गत, ललितपुरमा अवस्थित सडक विभाग र सिँचाइ विभागमा ताला लगाउने प्रयास गरेका छन् ।

जावलाखेलमा अवस्थित सिँचाइ विभागमा ताला लगाउन खोज्ने निर्माण व्यवसायीहरू पक्राउ परेका छन्। आइतबार बिहान  विभागमा ताला लगाउन पुगेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

पाटनमा रहेको सडक विभागमा भने प्रहरीले ताला लगाउन दिएन । मुख्य गेटमा ताला लगाउन प्रहरीले रोकेपछि उनीहरूको सडक विभागको भवन नम्बर ३ मा ताला लगाएका छन् ।

सरकारले समयमै भुक्तानी नदिँदा बैंकले निर्माण व्यवसायीलाई कालोसूचीमा राखेको, मजदुरलाई पारिश्रमिक दिन नसकेको लगायतका समस्या झेल्नुपरिरहेको उनको गुनासो छ ।

सरकारले निर्माण व्यवसायीहरूलाई काममा फर्काउनका लागि ठोस कार्ययोजना बनाई माग सम्बोधन गर्नुपर्ने उनीहरूको भनाइ छ । निर्माण व्यवसायीहरू असार २७ गतेदेखि निरन्तर आन्दोलित छन् ।

तस्वीरहरू :-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved