सांसद सुनिल शर्मालाई म्याद थपको लागि लगियो सरकारी वकिल कार्यालय

मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद शर्मासहित अन्य दुई जनालाई प्रहरीले म्याद थपको लागि लगेको हो।

नेपालभ्युज

सांसद सुनिल शर्मालाई म्याद थपको लागि लगियो सरकारी वकिल कार्यालय

काठमाडौं। शैक्षिक प्रमाणपत्र शंकास्पद रहेको भन्दै पक्राउ परेका नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई प्रहरीले अनुसन्धानको लागि म्याद थपको लागि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पेस गरेको छ।

मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद शर्मासहित अन्य दुई जनालाई प्रहरीले म्याद थपको लागि लगेको हो।

एमबीबीएस पढ्दा पेस गरेको आईएस्सीको प्रमाणपत्र शंकास्पद रहेको भन्दै उनलाई हिजो प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नियन्त्रणमा लिएको हो। त्यसपछि अरु डाक्टर पनि पक्राउ परेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved