माधव नेपाललाई सरकारले नै विदेश भगायो – एमाले

नेपालभ्युज

माधव नेपाललाई सरकारले नै विदेश भगायो – एमाले

काठमाडौं। ललिता निवास जग्गा अपचलन प्रकरणमा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई बचाउनको लागि सरकारले विदेश भगाएको एमालेले आरोप लगाएको छ।

प्रतिनिधिसभाको बैठकमा एमालेको तर्फबाट बोल्दै सांसद ज्वालाकुमारी शाहले बालुवाटार जग्गा प्रकरणमा मुछिएका नेपाललाई बचाउन सरकारले नै विदेश भगाएको भन्दै आपत्ति जनाइन्।

संसद्‌मा एमालेले भन्यो- गृह र अर्थमन्त्रीलाई छानबिन गरियोस्

सर्वोच्च अदालतको आदेशपछि प्रहरीले तत्कालै त्यससँग जोडिएका दुई पूर्वप्रधानमन्त्रीसँग बयान लिने अनुमान थियो। तर आदेश आएको भोलि पल्टै नेता नेपाल युरोप उडे।

सोही विषयलाई लक्षित गर्दै सांसद साहले भनिन्, ‘‘जनताका छोराछोरीलाई एअरपोर्टबाट फर्काइन्छ। माधवकुमार नेपाललाई किन फर्काइएन। उल्टो सरकारले भगायो।’’

सर्वोच्च अदालतले २०६६, २०६७ र २०६९ सालमा चारवटा मितिमा भएका मन्त्रिपरिषद्का निर्णयहरू लगायतलाई अनुसन्धान गर्न किटान गरेको छ।

कांग्रेस सांसद सुनिल शर्माको पक्राउप्रति एमालेको आपत्ति


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved