संसद्‌मा एमालेले भन्यो- गृह र अर्थमन्त्रीलाई छानबिन गरियोस्

नेपालभ्युज

संसद्‌मा एमालेले भन्यो- गृह र अर्थमन्त्रीलाई छानबिन गरियोस्

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले गृहमन्त्री र अर्थमन्त्रीलाई छानबिनको दायरामा ल्याउन माग गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले सांसद ज्वालाकुमारी साहले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतलाई छानबिनको दायरामा ल्याउन माग गरिन् ।

“गृहमन्त्री र अर्थमन्त्रीलाई छानबिनको दायरामा ल्याउनुपर्‍यो,” साहले भनिन् ।

कांग्रेस सांसद सुनिल शर्माको पक्राउप्रति एमालेको आपत्ति

गृह र अर्थमन्त्रीले एकसय ५५ किलो सुनमा आफ्नो जिम्मेवारी निष्पक्षताका साथ ननिभाएको आरोप एमालेले लगाउँदै आएको छ । उसले गठबन्धनको आडमा शंकास्पद व्यक्तिमाथि छानबिन गर्दैनौँ भन्नू लोकतन्त्रिविरुद्धको काम भएको बताएको छ ।

एमालेले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गरिरहेको छ ।

माधव नेपाललाई सरकारले नै विदेश भगायो – एमाले


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved