पेट सफा हुँदैन ? सुत्नु अघि पिउनुहोस् विशेष ड्रिंक

नेपालभ्युज

पेट सफा हुँदैन ? सुत्नु अघि पिउनुहोस् विशेष ड्रिंक

एजेन्सी । हिजोआज खानपानमा लापरवाहीले गर्दा धेरै मानिसलाई पेटसँग जोडिएका समस्या हुने गरेको छ । बिहान सही तरिकाले पेट सफा नहुँदा दिनभर दैनिक कार्यमा पनि मन लाग्दैन । यस्तो खालको समस्याका लागि यस्तो ड्रिंक वा चिया छ जसले कब्जियत तथा पेटका अन्य कयौं  समस्या निको पार्छ ।

पाचन राम्रोसँग नहुँदा कब्जियतको समस्या हुने गर्छ । यस समस्याबाट आराम पाउनका लागि दैनिक रातमा सुत्नुअघि दालचिनी पाउडरलाई पानीमा मिसाएर पिउनु वा यस मसलाबाट बनेको चियाको सेवन गर्नु फाइदाजनक हुन सक्छ । यो मसलाले पेट सफा गर्नुका साथै पेटसँग जोडिएका अन्य समस्याहरुलाई पनि कम गर्न सहयोग गर्छ ।

रातमा सुत्नुअघि दालचिनी चिया पिउँदा राम्रोसँग निद्रा लाग्छ । दालचिनीमा पाइने एन्टीअक्सीडेन्ट्सले निद्राको गुणात्मकता बढाउँछ ।  त्यस्तै दालचिनी चियाको सेवनले रगतमा सुगरको मात्रा पनि नियन्त्रण गर्छ जसले गर्दा मधुमेहको समस्यामा पनि यो चिया एकदमै लाभदायक मानिन्छ ।

दालचिनीमा पाइने प्रोबायोटिक्स र एन्टीअक्सीडेन्ट्सले तौल नियन्त्रणमा पनि सहयोग गर्छ । रातमा सुत्नुअघि यसको सेवन गरेमा शरीरको मेटाबोलिज्म राम्रो हुन्छ । साथै यसमा हुने पेपेन तथा अन्य कयौं पोषक तत्वले पाचन प्रक्रिया सुधार्ने काम गर्छ । ग्यास्ट्रिकको समस्या भएकाले पनि यो चिया खान सक्छन् ।

स्वास्थ्यसम्बन्धी फाइदाका साथै यसले छाला तथा अनुहारका लागि पनि राम्रो काम गर्छ । यसमा हुने भिटामिन सी र अन्य एन्टीअक्सीडेन्ट्स कम्पाउन्ड्सले छालालाई चमकदार तथा स्वस्थ बनाउँछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved