माधव नेपालले भने : मैले कुनै बदमासी गरेको छैन, नबिराउनु,नडराउनु

आफूले असल मनसायले मात्रै बालुवाटार विस्तारको मास्टर प्लानको पक्षमा रहेर काम अघि बढाएको दाबी गर्दै उनले आफूले अनुचित कार्य नगरेको भन्नेमा विश्वस्त रहेको बताए ।

नेपालभ्युज

 माधव नेपालले भने : मैले कुनै बदमासी गरेको छैन, नबिराउनु,नडराउनु
फाइल तस्वीर

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले ललिता निवास प्रकरणमा आफूले केही पनि नबिराएको र बदमासी नगरेको प्रस्टीकरण दिएका छन् ।

पार्टी कामको सिलसिलामा स्विट्जरल्यान्ड पुगेका अध्यक्ष नेपालले सर्वोच्च अदालतले अनुसन्धानको दायरमा ल्याउन आदेश दिएकोबारे आफूले त्यसबारे थप बोलिरहनु नपर्ने उल्लेख गरेका हुन् ।

आफूले असल मनसायले मात्रै बालुवाटार विस्तारको मास्टर प्लानको पक्षमा रहेर काम अघि बढाएको दाबी गर्दै उनले आफूले अनुचित कार्य नगरेको भन्नेमा विश्वस्त रहेको बताए ।

अध्यक्ष नेपालले भने, “नबिराउनु, नडराउनु । मैले कुनै बिराएको छैन, बदमासी गरेको छैन, भ्रष्टाचार गरेको छैन । मैले नितान्त असल मनसायले बालुवाटार विस्तारको मास्टर प्लान अघि बढाउने पक्षमा काम गरेको हुँ । कुनै अनुचित काम गरेको छैन । कुनै व्यक्तिलाई उन्मुक्ति दिने होइन । छानबिन गर्ने, बदमासी गरेको छ भने दण्डित गर्ने ।”

राष्ट्र र राष्ट्रिय सम्पत्तिका विरुद्धमा, भ्रष्टाचारको पक्षमा मुछिने कुनै काम नगरेको बताउँदै उनले अदालतको निर्णयबारे केही भन्नु नपर्ने उल्लेख गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved