रोल्पाको त्रिवेणीमा बस दुर्घटना : १५ यात्रु घाइते, ३ जनाको अवस्था गम्भीर

नेपालभ्युज

रोल्पाको त्रिवेणीमा बस दुर्घटना :  १५ यात्रु घाइते, ३ जनाको अवस्था गम्भीर

रोल्पा। रोल्पाको त्रिवेणी गाउँपालिका ७, रिचीमा बस दुर्घटना भएको छ । मंगलबार दिउँसो १ बजेतिर परिवर्तन गाउँपालिकाको बाघमाराबाट दाङको घोराहीतर्फ जाँदै गरेको ना.५ख २६१२ नम्बरको बस रिचीमा दुर्घटना भएको हो ।

बस सडकबाट करिब १०० मिटर तल खसेको छ । प्रहरीका अनुसार बाघमाराबाट १५ यात्रु लिएर बस हिँडेको उक्त बस पल्टिँदा तीन जनाको अवस्था गम्भीर छ भने १२ जनाको अवस्था सामान्य रहेको छ ।

सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाले घाइतेहरूको उद्धार गरिरहेका छन् ।

तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved