बच्चालाई डेंगु–मलेरियाबाट कसरी सुरक्षित राख्ने ?

नेपालभ्युज

बच्चालाई डेंगु–मलेरियाबाट कसरी सुरक्षित राख्ने ?

एजेन्सी । वर्षातको मौसममा डेंगु तथा मलेरियाजस्ता लामखुट्टेजन्य रोगहरूको खतरा बढ्छ । अहिले यो समस्या नेपालका धेरै भागहरूमा बढिरहेको पनि छ । जो स्वास्थ्यका लागि एकदमै खतरायुक्त पनि हुन सक्छ । यस्तोमा यो जान्न एकदमै जरुरी छ कि, यी समस्याहरूले बच्चालाई कसरी सुरक्षित राख्न सकिन्छ । आउनुहोस् जानौं ती विभिन्न उपायहरूका बारेमा ।

– यस मौसममा डेंगु मलेरिया जस्ता बिमारीको खतरा बढ्ने भएकाले यसबाट बच्नका लागि घरमा तथा वरिपरि पानी जम्न नदिनुहोस् । लामखुट्टेलाई आउन नदिनका लागि दैनिक फगिंग गर्नुहोस् ।

– लामखुट्टेबाट बचावका लागि घर, बाल्कोनी, छतमा राखिएका गमला तथा बाल्टी, कुलर आदिलाई समय समयमा जाँच गर्नुहोस् । यदि, पानी जम्मा भइरहेको छ भने त्यसलाई सफा गर्नुहोस् ।

– त्यस्तै, साँझको समयमा झ्यालहरू बन्द गर्नुहोस् र बच्चालाई सधैं झुलभित्र नै सुताउने गर्नुहोस् ।

– लामखुट्टेबाट बच्नका लागि अलाउट वा कुनै धूपहरूको पनि प्रयोग गर्न सकिन्छ । जसरी हुन्छ घरको वातावरणलाई लामखुट्टेरहित बनाउनुहोस् ।

– बच्चालाई सधैं पूरा बाहुला भएका लुगाहरू नै लगाइदिनुहोस् । सुतीका कपडाहरू लगाउनु राम्रो हुन्छ । त्यस्तो कपडा जसले पूर्ण शरीरलाई ढाकोस् ।

– बच्चाहरूको इम्युनिटी कमजोर हुने भएकाले कुनै पनि रोगले छिटो आक्रमण गर्दछ । त्यसैले उनीहरूलाई पोषक तत्त्वहरूले भरिपूर्ण खानपान दिनुहोस् । झोलिलो चिजहरू प्रशस्त मात्रामा खुवाउनुहोस् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved