राष्ट्रियसभामा आज पनि एमालेको अवरोध, बैठक स्थगित

नेपालभ्युज

राष्ट्रियसभामा आज पनि एमालेको अवरोध, बैठक स्थगित

काठमाडौं । सुन तस्करी प्रकरण छानबिनमा लागि उच्चस्तरीय समिति बनाउनुपर्ने माग राख्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि सदन अवरुद्ध पारेको छ ।

राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले पटक–पटक आग्रह गर्दा पनि एमालेका सांसदहरुले सदन अवरोधलाई जारी राखेका छन् ।

एमालेको अवरोधपछि बुधबारसम्मका लागि बैठक स्थगित भएको छ ।

एमालेले सुन तस्करी छानबिनको विषयलाई लिएर प्रतिनिधिसभा बैठकमा पनि अवरोध गर्दै आएको छ ।

अवरोध खुलाउन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पहल गरिरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved