प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच टेलिफोन संवाद

नेपालभ्युज

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच टेलिफोन संवाद

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन संवाद भएको छ ।

भारतको प्रधानमन्त्री कार्यालयका अनुसार मोदीले नेपालका प्रधानमन्त्री प्रचण्डलाई टेलिफोन गरेका हुन् ।

टेलिफोन संवादमा नेताद्वयबीच द्विपक्षीय हितका विभिन्न विषयमा कुराकानी भएको भारतको प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

टेलिफोन संवादमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा भएका द्वीपक्षीय समझदारीका विभिन्न पक्षका बीचमा कुराकानी भएको जनाइएको छ । दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ बलियो बनाउने विषयमा नेताद्वयले संवादको क्रममा जोड दिएको विज्ञप्तिमा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved