केन्द्रीय समिति बैठकमा प्रचण्डले भने- माओवादीलाई पार्टीजस्तै बनाउनुपर्ने चुनौती छ

नेपालभ्युज

केन्द्रीय समिति बैठकमा प्रचण्डले भने- माओवादीलाई पार्टीजस्तै बनाउनुपर्ने चुनौती छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई पार्टीजस्तै बनाउनुपर्ने चुनौती रहेको बताएका छन् ।

काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकको उद्घाटन सत्रमा अध्यक्ष प्रचण्डले पार्टीलाई पुनः गठन गरेर अघि बढ्ने प्रतिबद्धता पनि जनाएका छन् ।

‘हामी एकताको नयाँ प्रकृयातिर जाँदैछौँ । पार्टीलाई नयाँ किसिमले पुनः गठन गर्नेछौँ । यो बैठकले त्यही काम गर्नेछ’, प्रचण्डले भने, ‘द्वन्द्वात्मकरूपमा चुनौती र अवसर अगाडि बढ्छन् । हामीले एकपछि अर्को अवसरः चाहे शान्ति प्रकृया, संविधानसभाबाट संविधान बनाउँदा, संघीय लोकतान्त्रिक नेपाल घोषणा गर्दा होस् । हामी अहिले त्यहीँ ठाउँमा छौँ ।’

प्रचण्डले आफ्नो नेतृत्वमा सरकार बनेपछि जनतामा आशा जागेको पनि दाबी गरेका छन् । ‘हाम्रो नेतृत्वमा सरकार बनेपछि जनतामा नयाँ आशा पलाएको छ । यो बैठकले त्यसलाई सुदृढीकरण गर्नेछ, अझ बढी विश्वसनीयता थप्नेछ । बैठकको मूलभूत जिम्मेवारी त्यही हो’, उनले भने ।

बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी हुने माओवादी केन्द्रीय कार्यालयले जनाएको छ । बैठक ५ दिनसम्म चल्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved