सुरु भयो माओवादीको केन्द्रीय समिति बैठक

नेपालभ्युज

सुरु भयो माओवादीको केन्द्रीय समिति बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा बैठक सुरु भएको हो ।

आजको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांगाठानिक एवम् राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

मङ्सिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका बारेमा छलफल गर्न नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्न लागेको हो ।

बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी छन् ।

बैठक ५ दिनसम्म चल्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved