आयल निगमले डिजेल र पेट्रोलको मूल्य ह्वात्तै बढायो

नेपाल आयल निगमले आजबाट लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढाएको छ। निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले पेट्रोल र डिजेलको मूल्य बढाउने निर्णय गरेको हो।

नेपालभ्युज

आयल निगमले डिजेल र पेट्रोलको मूल्य ह्वात्तै बढायो

काठमाडौं। नेपाल आयल निगमले आजबाट लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढाएको छ। निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले पेट्रोल र डिजेलको मूल्य बढाउने निर्णय गरेको हो।

गयरातिबाटै नयाँ मूल्य लागु भएको छ। पेट्रोलको भाउ प्रतिलिटर ९ रुपैयाँ वृद्धि भएको छ। डिजेलका साथै मट्टितेलको भाउ प्रतिलिटर ७ रुपैयाँ बढेको छ।

बढेको मूल्य आज मध्यरातिदेखि लागू हुने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। निगमका अनुसार पेट्रोलको मूल्य तेस्रो वर्गमा १७३, दोस्रो वर्गमा १७२ र पहिलो वर्गमा १७० रुपैयाँ ५० पैसा कायम भएको छ।

यस्तै डिजेल तथा मट्टितेलको मूल्य तेस्रो वर्गमा १५३, दोस्रो वर्गमा, दोस्रो वर्गमा १५२ र तेस्रो वर्गमा १५० रुपैयाँ ५० पैसा प्रतिलिटर कायम भएको छ।

निगमले खाना पकाउने ग्यासको भने भाउ घटाएर १६६० कायम गरेको छ। निगमले भारतबाट मूल्य घटबढ भएर आएसँगै स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गरेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved