मोबाइल फोनलाई किन भनिन्छ ‘सेलफोन’ ?

नेपालभ्युज

मोबाइल फोनलाई किन भनिन्छ ‘सेलफोन’ ?

एजेन्सी। आजको समयमा मोबाइल मानिसका लागि एकदमै जरुरी वस्तु भइसकेको छ । मोबाइल फोन वा स्मार्ट फोनले गर्दा मानिसबीचको दूरी कम भइसकेको छ । तर के तपाईंलाई थाहा छ मोबाइल फोनलाई सेल फोन पनि भनिन्छ । यसपछि के छ कारण त्यो पनि जान्नुहोस् ।

सेल फोनको नाम सेल्युलर नेटवर्कको नामबाट आएको हो । पुरानो समयमा नेटवर्क टावर जमिनमा लगाइने गरिन्थ्यो । जो शहरमा धेरै नेटवर्क हुन्थे त्यहाँ टावर ज्यादा लगाइन्थ्यो । यही कारणले शहरमा राम्रो नेटवर्क आउने गर्थ्यो ।

त्यतिबेला जमिनको क्षेत्रलाई सेल भनिन्थ्यो । जुन पनि इलाकामा मोबाइलको टावर छ, त्यसलाई सेल मानिथ्यो । यही कारणले त्यसको नाम सेल फोन भनिएको हो ।

सन् १९४७ मा डगलस रिंग र रे यंगले सेल्युलर नेटवर्कको स्थापना गर्ने योजना बनाएका थिए । त्यो बेला उनीहरूले ताररहित नेटवर्कको लेआउट तयार गरिरहेका थिए, जसको बनावट मानिसको शरीरमा भएका सेल यानिकी बायोलोजिकल सेल जस्तो देखिएको थियो ।

त्यसैले गर्दा ताररहित नेटवर्कमा काम गर्ने सम्पूर्ण फोनहरूलाई सेल्यूलर फोन यानिकी सेल फोन भनिन थालियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved