शिक्षा ऐनसम्बन्धि विधेयक संसद लैजाने मन्त्रिपरिषदको निर्णय

नेपालभ्युज

शिक्षा ऐनसम्बन्धि विधेयक संसद लैजाने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले संघीय शिक्षा ऐनसम्बन्धि विधेयक स्वीकृत गरेको छ ।

मंगलबार अपरान्ह सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले अब बस्ने संसद बैठकमा पेस गर्नेगरी सो विधेयक स्वीकृत गरेको हो । संसदमा पठाउने गरी सो विधेयक स्वीकृत गरिएको नेपाल सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

त्यसैगरी बैठकले विज्ञापन नियमन गर्न बनेको विधेयक, २०८० पनि स्वीकृत गरेको छ । मन्त्री शर्माले बैठकमा लम्पी स्किन महामारी नियन्त्रण र पीडित किसानलाई क्षतिपूर्ति दिनेबारे पनि गम्भिरतापूर्वक छलफल भएको बताइन् ।

‘अर्थमन्त्रालयको प्रस्तावमा विश्व वातावरण सुविधाबाट प्राप्त हुने २० करोड २२ लाख अनुदान स्वीकृत गर्ने निर्णय भएको छ’ उनले भनिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved