भ्रष्टाचारका काण्डहरुमा प्रधानमन्त्री र गृहमन्त्रीको संलग्नता छः कमल थापा

नेपालभ्युज

भ्रष्टाचारका काण्डहरुमा प्रधानमन्त्री र गृहमन्त्रीको संलग्नता छः कमल थापा

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री र गृहमन्त्री ठूला भ्रष्टाचारका काण्डहरुमा संलग्न रहेको बताएका छन्  ।

मंगलबार काठमाडौंमा आयोजित राप्रपा नेपाल र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाको एकता घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले देशका भ्रष्टाचार काण्डहरुमा प्रधानमन्त्री र गृहमन्त्रीकै संलग्नता रहेको बताएका हुन् ।

उनले भ्रष्टाचारमा सिंगो राज्य संयन्त्र संलग्न रहेको बताए । उनले प्रधानमन्त्री र गृहमन्त्री नै भ्रष्टाचारमा संलग्न हुँदा समेत कारबाही नगरिएको बताए । अध्यक्ष थापाले नेताहरुले आफ्नो मुखुण्डो उघारिएला भन्ने डरले सुन बोकेर हिँडेको ट्याक्सीलाई गन्तव्यमा नपुग्दै समातिएको पनि बताए । उनले नेताहरुले भ्रष्टाचारको नयाँ–नयाँ फाइलहरु खोल्ने भने पनि विश्वास गर्न नसकिने बताए ।

‘सबैभन्दा दुर्भाग्यको कुरा यहाँ भ्रष्टाचार भयो भन्ने मात्र होइन, भ्रष्टाचार आफैँमा महारोग हो । त्यो भन्दापनि सबैभन्दा चिन्ता लाग्ने कुरा के हो भने यि सबै प्रकारका भ्रष्टाचारमा सिंगो राज्य संयन्त्र संलग्न रहेको छ । राजनीतिक दल र दलका नेताहरु संलग्न रहेका छन्’ उनले भने, ‘स्वयं देशको गृहमन्त्री, गृह मन्त्रालय, प्रधानमन्त्री यि भ्रष्टाचारका काण्डहरुमा संलग्न भएका छन् । तर कारबाही हुँदैन । केही कारबाहीका नाटकहरु गरिन्छन् । तर मुल जरोसम्म पुग्ने प्रयास हुँदैन ।’

अध्यक्ष थापाले पार्टीभित्र देखिएको विसंगतिहरुलाई पार्टीभित्रै समाधान खोज्ने प्रयास असफल भएपछि आफूले राप्रपा छोडेको बताए । उनले आफ्ना मान्यताहरुमाथि आक्रमण भइरहँदा  मुकदर्शक भएर बस्नुहुन्न भन्ने अठोट अलग्गिएको बताए । उजले गिताप्रतिको आफ्नो निष्ठाका कारण राप्रपा नफुटाएको बताए।

उनले पार्टीभित्र देखिएको केही विसंगतिहरुलाई पार्टीभित्रै समाधान खोज्ने  प्रयास असफल भएपछि आफुले ३० वर्ष काम गरेको पार्टीबाट मैले भारी मनले अलग हुनु परेको बताए ।  उनले सरकार सर्वसत्तावादी ढंगले सञ्चालन भइरहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved