सुदूरपश्चिममा भागबण्डा मिल्यो, बिहीबार सरकार विस्तार

नेपालभ्युज

सुदूरपश्चिममा भागबण्डा मिल्यो, बिहीबार सरकार विस्तार

काठमाडौं। भागबण्डा नमिलेपछि स्थगित भएको सुदूरपश्चिम प्रदेशको सरकार विस्तार बिहीबार हुने भएको छ । मंगलबार सत्ताघटक दलबीच भागबण्डा मिलेसँगै बिहीबार सरकार विस्तार हुन लागेको छ ।

नागरिक उन्मुक्तिले १ मन्त्री १ राज्यमन्त्री र २ समितिको सभापति पाउने सहमति भएपछि सरकार विस्तार हुन लागेको हो । खाली रहेको अर्को एक मन्त्रालय भने कांग्रेसले पाउने भएको छ ।

यसअघि नागरिक उन्मुक्तिले दुईवटा मन्त्रालय दाबी गर्दै आएको थियो । सहमतिअनुसार प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय नागरिक उन्मुक्तिको पाउने भएको छ भने आन्तरिक मामिला तथा कानूनमन्त्रालय कांग्रेसले पाउने छ ।

नागरिक उन्मुक्ति यसअघि रामेश्वर चौधरी र राज्यमन्त्रीमा कैलाश चौधरीलाई शपथ गराउन पत्र पठाएको थियो । उन्मुक्तिले दुई मन्त्रालयको दाबी कायमै राखेपछि शपथ रोकिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved