घाँस काट्ने क्रममा पहिरोसँगै खस्दा २ जनाको मृत्यु, १ घाइते

घाँस काट्ने क्रममा पहिरोसँगै खस्दा २ जनाको मृत्यु, १ घाइते

सुर्खेत। सुख्खा पहिरोमा परेर दुई जनाको मृत्यु भएको छ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–७ को बाँसथलामा पहिरो खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

आईतबार दिउँसो पौने तीन बजे घारीखोलाभन्दा माथिको भिरालो ठाउँमा घाँस काट्ने क्रममा पहिरोसँगै खस्दा दुई स्थानीयको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

स्थानीय ४४ वर्षीय कालीबहादुर खड्का र सोही स्थानकी ४५ वर्षीया धनमाया खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले बताए ।

पहिरोमा परेर सोही स्थानकी ४२ वर्षीया बलकुमारी खत्री घाइते छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved