अब कोसँग रहन्छ कोशी प्रदेशको कार्यकारी अधिकार ?

नेपालभ्युज

अब कोसँग रहन्छ कोशी प्रदेशको कार्यकारी अधिकार ?

काठमाडौं । सर्वोच्च अदालतले उद्धव थापा नेतृत्वको कोशी प्रदेश सरकारलाई असंवैधानिक घोषणा गर्‍यो भने हिक्मत कार्कीलाई सरकार बनाउने परमादेश दिएन । यसपछि आमरूपमा एउटा प्रश्न उब्जेको छ कि, अब अर्को सरकार गठन नभइन्जेल प्रदेशको कार्यकारी अधिकार कोसँग रहन्छ ?

यही प्रश्न नेपालभ्यूजले संविधानविद् डा. भीमार्जुन आचार्यलाई सोधेको छ । उनले ३ बुँदामा जवाफ दिएका छन् ।

१. उद्धव थापा नेतृत्वको सरकार असंवैधानिक भयो, त्यो सरकार नै भएन । सबै प्रक्रिया असंवैधानिक भए ।

२. अब संविधानले सरकार रिक्तताको परिकल्पना गरेको छैन । यस्तोमा अब कामचलाउको रूपमा हिक्मत कार्की नेतृत्वको सरकारले निरन्तरता पाउँछ ।

३. संविधानको धारा १६८ को उपधारा २ बमोजिम संयुक्त सरकार गठनका लागि १ साताको समय दिइएको छ । सरकार बन्ला वा नबन्ला त्यो हेरौँ । तर, स्थिति गाह्रो देखिन्छ । प्रदेश मध्यावधितिरै जालाजस्तो सम्भावना पनि छ ।

कोशीमा ‘मध्यावधि चुनाव’को सम्भावना बढेकै हो ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved