तोसिमा कार्कीले विज्ञापन गरेर मागिन् स्वकीय सचिव

नेपालभ्युज

तोसिमा कार्कीले विज्ञापन गरेर मागिन् स्वकीय सचिव

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले सार्वजनिक रूपमा विज्ञापन गरेर स्वकीय सचिव मागेकी छन्। बिहीबार विज्ञापनमार्फत स्वकीय सचिवको आवेदन दिन सूचित गरेकी हुन्।

प्रतिनिधिसभा सांसदले आफन्त र नातागोतालाई आफूखुसी स्वकीय सचिवमा नियुक्त गरिरहेका बेला सांसद कार्कीले यसरी विज्ञापन नै गरेर योग्य स्वकीय सचिवको खोजी गरेकी हुन्।

उनले कानुन वा राजनीतिक शास्त्रमा स्नातक गरेकाले स्वकीय सचिवमा आवेदन दिन सक्ने जानकारी दिएकी छन्। समसामयिक विषयमा जानकार भएको, सूचना प्रविधिमा ज्ञान भएको, नेपाली अङ्ग्रेजी भाषामा दख्खल भएकोलाई विशेष ग्राहयता दिने उनको भनाइ छ।

उसअघि रास्वपाकै सांसद निशा डाँगीले पनि यसैगरी वित्रापनमार्फत स्वकीय सचिव नियुक्ति गरेकी थिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved