चुनाव खर्च सार्वजनिक नगर्ने साढे दुई हजार उम्मेदवार कारबाहीमा (सूचीसहित)

सोविता गौतमदेखि गगन थापासम्म कारबाहीको सूचीमा

नेपालभ्युज

चुनाव खर्च सार्वजनिक नगर्ने साढे दुई हजार उम्मेदवार कारबाहीमा (सूचीसहित)

काठमाडौं । चुनावी खर्च सार्वजनिक नगरेका दुई हजार ४३५ उम्मेदवारलाई निर्वाचन आयोगले कारबाही गरेको छ ।

आयोगले गत मंसिरमा सम्पन्न चुनावको खर्च विवरण सार्वजनिक नगर्ने दुई हजार ४३५ उम्मेदवारलाई कारबाही गरेको हो ।

प्रतिनिधिसभा र प्रदेशतर्फमा चुनाव लडेका उनीहरुलाई जनही १५ हजार रुपैयाँका दरले जरिवाना तिराउने आयोगले जनाएको छ ।

आयोगले गत वैशाख ४ गतेनै निर्वाचन खर्चको विवरण सार्वजनिक गर्न उम्मेदवारलाई निर्देशन दिएको थियो । तोकिएको समयावधिभित्र निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्ने प्रतिनिधिसभातर्फका एक हजार ३७ जना र प्रदेशसभातर्फका एक हजार ३९८ उम्मेदवारलाई कारबाही गरिएको आयोगले जनाएको छ ।

कारबाही भोग्नेमा नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधिसभा सदस्य गगन थापा, विजय गच्छदार, राष्ट्रिय स्वतन्त्र पार्टीका सोविता गौतम, नेकपा (एमाले) का नेता राजन भट्टराई, माओवादीका उपमहासचिव गिरिराजमणि पोखरेललगायत छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved