संघीय व्यवस्था माथि नै प्रश्न उठ्न थालेको छः सभामुख घिमिरे

नेपालभ्युज

संघीय व्यवस्था माथि नै प्रश्न उठ्न थालेको छः सभामुख घिमिरे
फाइल फोटो

काठमाडौं ।  सभामुख देवराज घिमिरेले संघीय व्यवस्थामाथि नै प्रश्न उठ्न थालेको बताएका छन् ।

शुक्रवार संघीय संसद सचिवालयले काठमाडौंमा आयोजना गरेको संघीय संसद र प्रदेश सभाको अनुभव आदान–प्रदान एवं अन्तरक्रिया कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभामुख घिमिरेले संघीयताको विषयमा प्रश्नहरु उठ्न थालेको बताएका हुन् ।

उनले संघीयता उचित भएन र संघीयताले जनताको आवश्यकता पुर्ति भएन भन्ने टिकाटिप्पणी हुन थालेको बताए। उनले संविधानको यो व्यवस्था माथि नै छलफल हुनुपर्ने माग समेत आउन थालेको भन्दै संघ र प्रदेश सभाहरुले जनआंकाक्षा अनुरुपको ऐन, कानून बनाउनुपर्ने बताए । उनले संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था जनताले चाहेको व्यवस्था हो र यो व्यवस्था राष्ट्रको हीतमा छ भन्ने कुरा तीनै तहको सरकारले स्थापित गराउनुपर्ने बताए ।

अहिले विभिन्न क्षेत्रबाट हाम्रो संघीयता उचित थिएन कि ? जनताका आवश्यकता पुर्ति भएनन् कि भन्ने खालका टिकाटिप्पणीहरु र संविधानको यो व्यवस्थामाथि छलफल हुनुपर्छ भन्ने मागहरु कताकति देखा पर्न थालिरहेको छ, यसलाई पनि हामीले कसरी बुझ्ने ?’ उनले भने, प्रदेशको विशिष्टताका आधारमा बनाउनुपर्ने ऐनहरु के हुन् ? विधायकहरुले खेल्नुपर्ने भुमिका के हुनसक्छ ? कार्यान्वयनको पक्षमा विगतको कुरा समिक्षा गर्दै आगामी दिनमा जनआकांक्षा पुर्ति गर्नुपर्छ ।’

उनले जनताको अपेक्षा पूरा गर्ने गरी कानून बनाउनुपर्नेमा जोड दिए। जनपक्षिय कानून बनाउनका लागि संघ र प्रदेश सभा र सांसदहरु सिर्जनशिल हुनुपर्ने बेला आएको बताए । सभामुखहरुले सभालाई ठिक ढंगले सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved